काठमाडौं, चैत ६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक वर्षको अवधिमा ७४७ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ ।
मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न गरेको मन्त्री रघुवीर महासेठले उल्लेख गरेका हुन् ।
राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ ।
नारायणगढ–मुग्लिन सडकखन्ड ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा चालू आर्थिक वर्षमा विनियोजित बजेट खर्च भइसकेर अर्थ मन्त्रालयमा थप रकमको माग गरिएको पनि जनाएको छ ।
पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल (खन्डस्मित) भएको, ७२१ किलोमिटर सडकको ट्रयाक खोलिएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्