
काठमाडौं, चैत ६ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको नृत्य बुधबार सम्पन्न भएको छ ।
मंगलबार बिहान हरिसिद्धि देवीको मूर्तिमा बलिपूजा गरेपछि हरिसिद्धि देवीको मन्दिरअगाडि नृत्य देखाइएको थियो ।
प्रत्येक वर्ष योमरी पूर्णिमा र फागु पूर्णिमामा हरिसिद्धि देवीको नृत्य देखाउने परम्परा रहेको छ ।
विभिन्न चरणमा नृत्य देखाएपछि अन्तिममा किचिकिन्दा नरेश वालीलाई मार्न रामले त्रिशक्ति देवी हरिसिद्धिको तान्त्रिक साधना गरेपछि सफलता मिलेको नृत्य देखाउने गरिन्छ ।
प्रत्येक १२ वर्षमा गोदावरी तान्त्रिक साधना गरी पशुपतिको शिवलिंगमासमेत तान्त्रिक पूजा गरी उपत्यकाका विभिन्न स्थानमा नाच प्रस्तुत् गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्