
चिसोले बिहान बेलुका हिँड्डुल गर्न र काम गर्न समस्या भएको छ । अत्याधिक चिसो बढेपछि पूर्वी पहाडी पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुमलगायतका जिल्लाका सर्वसाधारण ठाउँठाउँमा भेला भएर आगो ताप्न थालेका छन् ।
चिसोले सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा समस्यामा परेका छन् । बालबालिका र वृद्धावृद्धा बिरामीसमेत पर्न थालेपछि अस्पतालमा चाप बढेको छ ।
रुखा, खोकी, ज्वरो, टाइफाइड, झाडापखालालगायतका बिरामीको चाप बढेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।
अस्पतालले चिसोको समयमा न्यानो कपडा लगाउन, तातो खानेकुरा मात्रै खान सर्वसाधारणलाई अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्