
धादिङ, चैत ६ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नम्बरको मोटरसाइकल र हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४११४ नम्बरको ट्रक बेनिघाट–रोराङ गाउँपालिका–५, बेनिघाट, गोमतीपुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौंतर्फ लाँदैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सोही स्थान निवासी मोटरसाइकलचालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्