२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


जर्मनीमा लरी घटनामा संलग्नको तस्वीर सार्वजनिक गरी वारेन्ट जारी


0
Shares

ट्युनिशियाका अनिश नामका ती ब्यक्ति सन् २०१२ मा इटली सन् २०१५ मा जर्मनी प्रवेश गरेको अनुसन्धानबाट खुलेको छ ।

जर्मनीमा शरणका लागि निवेदन दिएका अनिशको नाममा रहेको रेसिडेन्स पर्मिट लरीमा भेटिएपछि घटनामा उनको संलग्नताको खुलासा भएको हो ।

उनले लरी चालक पोलिस नागरिक ल्यकाज उर्बानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

यसै साता जर्मनीको बर्लिनको क्रिसमस बजारमा जथाभावी लरी चलाउँदा १२ जना मारिएका थिए ।

घटनामा ४८ जना घाइते भएका थिए । घटनाको जिम्मेवारी इस्लामिक अतिवादी समूह आईएसले लिएको छ ।(एजेन्सी)