Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


डेरी उद्योग तथा डेरी पसलहरुलाई निर्देशिकाअनुसारको प्रावधान पूरा गर्न सचेत


0
Shares

काठमाडौं, चैत ५ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डेरी उद्योग तथा डेरी पसलहरुलाई निर्देशिकाअनुसारको प्रावधान पूरा गर्न सचेत गराएको छ ।

विभागलजे दूध तथा दुग्धपदार्थ उत्पादन निर्देशिका सोमबारदेखि लागू भइसकेकाले सोअनुसार ठूला तथा साना डेरी उद्योग तथा पसलहरुको अनुगमनलाई तीव्रता दिइने भन्दै उद्योग तथा डेरी पसलहरुलाई निर्देशिकाको प्रावधान पूरा गर्न विभागले सूचित गरेको हो ।

विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरी मोबाइल प्रयोगशाला भ्यानमा परीक्षणसमेत गरी कैफियत भेटिएकामा विभिन्न कारबाही गरिएको पनि जनाएको छ ।

विभागले सोमबार र मंगलबार बूढानीलकन्ठस्थित विभिन्न होटल, रेस्टुरेन्ट, भोजनालय तथा डेरी पसल अनुगमन गरी सरसफाइलगायतका अन्य विषयमा सुधार गर्न निर्देशन दिएको जनाएको छ ।

Skip This