२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


आफूलाई अदालतमा दुर्व्यवहार गर्ने युवालाई रिहा गरिदिन कार्कीको आग्रह


0
Shares

निलम्बित प्रमुख आयुक्त कार्कीले शुक्रबार प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालितमात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताएका छन् ।

आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उनले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गरेका हुन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ताले निलम्बित प्रमुख आयुक्त कार्कीलाई बिहीबार सर्वोच्च अदालत परिसरमा नै दुर्व्यवहार गरेका थिए । (रासस)