काठमाडौं, चैत ५ । जलवायु परिवर्तनका कारण नेपालमा खडेरी बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
जल तथा मौसम सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले अन्य प्रदेशको तुलनामा गन्डकी र कर्णाली प्रदेशमा खडेरी बढेको बताए ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सहसचिव डा.ऋषिराम शर्माले पश्चिमी क्षेत्रमा जमिनमुनिको पानी घट्दै जाने समस्या बढी देखिएको बताए ।
कार्यक्रममा ‘दी स्मल अर्थ’ नेपालले प्रस्तुत् गरेको अध्ययनले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएको र हिमतालहरु बढेको देखाइएको थियो ।
मनाङ र मुस्ताङ जिल्लामा पहिलेको तुलनामा कम हिमपात हुने र पानी भने बढी पर्न थालेको उक्त अध्ययनले देखाएको छ ।









प्रतिक्रिया दिनुहोस्