Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


दिलोज्यान लगाएर खेल्नुहोस: खेलकुद मन्त्री


0
Shares

धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुगेका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताए ।

“दिलोज्यान लगाएर खेल्नुस्, हामी तपाईहरुको साथमा छौँ,” घाइते खेलाडी विष्टलाई ढाड्स दिँदै खेलकुदमन्त्रीले भने–“जसरी भए पनि आफ्नो प्रतिभा देखाउनुस्, हामी छँदैछौँ नी ।”

“मन्त्रीज्यू हामीलाई प्रशिक्षकको व्यवस्था गरिदिनुस्, नत्र त कसरी खेल्नु ?” घाइते खेलाडी विष्टले भने। मन्त्री श्रीपाइलीले चाँडै नै देशभरि विभिन्न खेलका लागि प्रशिक्षकको व्यवस्था गरिने आश्वासन दिए । उनले खेलाडीका लागि स्वास्थ्य बिमा र भत्ताको व्यवस्था गरिएको बताए ।

विभिन्न खेलका प्रशिक्षक सुगममा मात्र बसेका तिनले दुर्गम जिल्लामा खेलाडी उत्पादनमा ध्यान नदिएका मन्त्री श्रीपाइलीको भनाइ थियो । रासस

Skip This