२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सात दलको बैठकमा के भयो ?


0
Shares

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा भएको बैठकमा ७ दलका शीर्ष नेताहरु सहभागी भएपनि बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन ।

सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच दुईपक्षीय र बहुपक्षीय वार्ताको माध्यमबाट निकास खोज्ने सहमति भने भएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा, नेकपा एमालेबाट सुवास नेम्वाङ र भीम रावल, माओवादी केन्द्रबाट पम्फा भुषाल, राप्रपा अध्यक्ष कमल थापा र तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको थियो ।