डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध ऐतिहासिक पर्यटकीय क्षेत्र डडेल्धुराको अजयमेरुकोटमा ‘अजयमेरु महोत्सव’ हुने भएको छ ।
डडेल्धुराको सदरमुकामबाट दुई घण्टाको पैदल यात्राको दूरीमा रहेको मल्लकालिन सामरिक तथा शासकीय राजधानीको रुपमा रहेको पुरातात्विक स्थल अजयमेरुकोटमा नयाँ वर्षका अवसरमा आगामी वैशाख ४ गतेदेखि ८ गतेसम्म महोत्सव गर्न लागिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
अजयमेरु गाउँपालिकाको आयोजनामा सञ्चालन हुने महोत्सवको मुख्य उद्देश्य पर्यटकीय सम्भावनाको उजागर तथा प्रचारप्रसारका साथै स्थानीय उत्पादनको प्रवद्र्धन र पहिचान गराउनु रहेको मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्