Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


खाली खुट्टै दौडिएर राष्ट्रिय खेलकुदमा कास्य पदक


0
Shares

यसअघि विद्यालयस्तरका प्रतियोगितामा मात्र प्रतिस्पर्धा गरेकी सीमाले धेरैको अनुमानविपरीत सोमबार आफूभन्दा अनुभवी प्रतिद्वन्दलिाई पछि पार्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा कांस्यपदक चुमिन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण ‘स्पाइक सु’ सम्म किन्ने पैसा नभएपछि इटहरी रंगशालाको सेन्डर ट्रयाकमा सोमबार खाली खुट्टा नै आर्लीएकी सीमाले महिला आठ सय मिटर दौडमा अविश्वासिलो प्रदर्शन गर्दै सुदूरपश्चिमाञ्चलका लागि कंस्यपदक जितिन् ।

विभागीय टोलीहरुको दबदबा रहेको ट्रयाक एन्ड फिल्ड स्पर्धामा कास्यपदक जित्न सीमाले दुई मिनेट ३१.६२ सेकेन्ड खर्चिईन् ।

उक्त स्पर्धामा निर्धारित दूरी दुई मिनेट १९.४२ सेकेन्डमा पुरा गर्दै त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईले स्वर्ण र दुई मिनेट २५.५६ सेकेन्डमा दूरी पार गर्दै आर्मी क्लबकै सानुमाया कार्कीले रजतपदक जितिन् ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट