Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


एमालेले संसद अवरुद्ध गर्नुको औचित्य छैन : राई


0
Shares

कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला खोटाङ आएका वरिष्ठ नेता राईले दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमालेले संसद अवरुद्ध गरेर देशलाई संकटतर्फ धकेलेको आरोप लगाए ।

अहिलेको अवस्थामा जारी संविधानले मुलुक चलाउन नसक्ने भएकाले सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउँदै पार्टी संसदीय दलका नेता राईले भने–‘अहिलेको संविधान ८० प्रतिशत संशोधन गर्नुपर्ने अवस्थाको छ । सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावप्रति एमालेले संसद नै अवरुद्ध गर्नु निकासको बाटो हैन ।’

स्थानीय तहको निर्वाचन सम्बन्धमा पत्रकारले गरेको प्रश्नको जवाफमा नेता राईले देशमा पुरानै संरचनामा निर्वाचन गर्न नहुने बताए । रासस