१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


फरार रहेका घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ


0
Shares

अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई गएराति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

१ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेतलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । उनलाई अहिले काठमाडौं जिल्ला अदालतमा लगिएको छ ।

बस्नेत लामो समयदेखि भारतमा बस्दै आएका थिए । उनले घरजग्गा व्यवसायका लागि सर्वसाधारण र बैंकहरुसँग करोडौं रकम लिएका थिए ।

कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन् । अदालतले उनलाई २ वर्ष कैदको समेत सजाय सुनाएको थियो ।