
नयाँ शक्तिको संसदीय मामिला विभागले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विधेयकलाई परिमार्जनसहित पेस गर्न आग्रह गरे ।
संविधान संशोधन नगरी जबर्जस्ती चुनाव गराउन खोजिए जनभावनाविपरीत हुने उनको भनाइ छ ।
संयोजक भट्टराईले विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनलाई आधार मान्दै सबैको भावनाअनुसार नै संघीय राज्यको सीमांकन टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, अर्थशास्त्री, व्यवसायी, बुद्धिजीवी, सन्चारकर्मीलगायतले राजनीतिक गतिरोध र यसको निकासको विषयमा आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्