Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


गोरुले हान्दा एक जनाको मृत्यु


0
Shares

उदयपुर । आफ्नै गोठमा पालेको गोरुले हान्दा गोरु मालिकको मृत्यु भएको छ ।

कटारी नगरपालिका– भार्लेका ५० बर्षिय तिर्थ बहादुर तामाङको उपचारका लागि बिराटनगर लाँदै गर्दा आइतबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ ।

आफ्नै गोठमा पालेको गोरु चराउन लैजान भनी फुकाउने क्रममा गम्भीर घाइते तामाङलाई कटारी अस्पतालमा उपचार हुन नसकेपछि बिराटनगरतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए ।