२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दशगजा क्षेत्रमा गोली चल्यो, दुई प्रहरी हवल्दार घाइते


0
Shares

भन्सार क्षेत्रनजिकको सो दशगजा क्षेत्रमा गोली चल्दा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एअरगनको गोलीजस्तो देखिने छर्राहरु भेटिएको र एअरगनको गोलीबाट प्रहरी हवल्दारहरु घाइते भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको प्रहरी उपरीक्षक भोजजंग शाहीले बताए ।

भारतीय प्रहरीको सहयोगसमेत लिएर नेपाल–भारत दुबैतर्फको सीमा क्षेत्रमा कडाइ गरिएको र घटनामा संलग्नको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

घाइते दुबैजनाको अवस्था सामान्य रहेको बताइएको छ । रासस