काठमाडौं, चैत ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।
अर्थमन्त्री डा. खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रहपनि गरे ।
कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उनले लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव रहेको बताए ।
अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनको तयारी भइरहेकाले नेपाल लगानी गर्न उपयुक्त मुलुक भएको पनि बताए ।
कार्यक्रममा लगानी कोषका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्