२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


उदयपुरमा सन्देशमूलक भूगोलपार्क


0
Shares

उदयपुर, चैत ४ । उदयपुरमा जलवायु परिवर्तनले पर्यावरणमा परेको असरलाई न्यूनीकरण गर्न सन्देशमूलक भूगोलपार्क निर्माण गरिएको छ ।

सगरमाथाको द्वारकारुपमा चिनिने उदयपुरको कटारीबजारको गोलपार्कमा भूगोलपार्क निर्माण गरिएको हो ।

बढ्दो जलवायु परिवर्तनबाट पर्यावरणमा परेको असर थोरैलाईमात्र थाहा भएकाले पृथ्वीलाई जोगाइराख्न सन्देश दिनु पार्कको उद्देश्य रहेको बताइएको छ ।

वर्षौंदेखि कटारीबजारको मध्यभागमा रहेको गोलपार्कमा सालिक राख्ने विषयमा विवाद हुँदै आएको थियो ।

स्थानीय तहको निर्वाचनपछि भने भूगोलपार्क बनाउने विषयमा एकमत रहेको कटारी नगरपालिकाका प्रशासकीय प्रमुख रमेश गौतमले बताए ।

करिब ३६ लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको हो । पार्कमा सातजना महिलाले पृथ्वीलाई हातले उचालेको प्रतिमा राखिएको छ ।

सम्पूर्ण प्राणीको साझा घर पृथ्वीलाई जोगाइराख्न, जलवायु परिवर्तनले वातावरणमा पर्ने असरलाई न्यून गर्न र पर्यावरणलाई जोगाइराख्न भूगोलपार्कले सन्देश दिने विश्वास लिइएको छ ।