Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दियो, एकको मृत्यु, अर्का घाइते


0
Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काकाअनुसार फिक्कलबाट बिर्तामोडतर्फ आउँदै गरेको को१ख ३५६१ नम्बरको बसले कोल्बुङ, सानो पाथीभरानजिकै सेल्फी खिच्दै गरेका पाँचथरका सम्बाहाम्फेलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सोही घटनामा २५ वर्षीय रोशन कन्दङ्वा गम्भीर घाइते भइ उपचारका लागि झापातर्फ ल्याइँदै गरेको बताइएको छ ।

झापाबाट पाँचथरतर्फ मे६प २४१ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई सडकपेटीमा मोटरसाइकल रोकेर कोल्वुङमा सेल्फी खिच्दाखिच्दै बसले ठक्कर दिएको थियो । रासस