
दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउदै आएको छ ।
अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको अभियन्ता रामजी बलामीले जानकारी दिए ।
जागरुक युवा अभियान नेपालमा आबद्ध उनले टोपी दिवसलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउनु पर्ने बताए ।
यसै सन्दर्भमा काठमाडौंको माइतीघर मण्डलाबाट गतिशील युवा समूहले निकालेको र्याली नगरको विभिन्न ठाउँको परिक्रमापछि वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
सभाका सहभागी राष्ट्रिय पोशाक प्रेमीहरुले सरकारले राष्ट्रिय स्तरमा यो दिवस नमनाएको भन्दै चिन्ता व्यक्त गरे ।
सहभागीहरुले नयाँ पिडीं विदेशी संस्कृतिप्रति आकर्षण बढेको तर राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीप्रति अनविज्ञ रहेको वताए । उनीहरुले आफ्नो राष्ट्रिय दायित्व र पहिचानलाई माया गर्न नेपालीहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्