
पत्रकारहरुकालागि प्रेस स्वतन्त्रता र सुरक्षा विषयक राजधानीमा गरिएको गोष्ठीमा उनले समाचारको विषयमा गरिने आक्रमणका कारण पत्रकार असुरक्षित रहेको बताए ।
पत्रकारको सुरक्षाका विषयमा अनुगमन गर्न राजधानीसहित पाँच जिल्लामा स्वतन्त्र मिडिया नेटवर्क गठन गरिएको जानकारी दिँदै उनले स्वतन्त्र रुपमा कलम चलाउने पत्रकारको अधिकारको सुरक्षा महासंघले गर्ने गरे ।
पत्रकारको हक, हित र अधिकारका पक्षमा सरकारले सन्तोषजनक काम गर्न नसकेको भन्दै उनले सञ्चारकर्मीको भौतिक सुरक्षाका लागि दीर्घकालीन रणनीति बनाइने बताए ।
पछिल्लो समय पत्रकारमाथि आक्रमणलगायतका विषयमा २६ वटा उजुरी महासंघमा परेको पनि उजले जानकारी दिए ।
कार्यक्रममा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था, प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना र आमसञ्चार अधिकारबारेमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्