२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बर्खास्त


0
Shares

मन्त्रिपरिषद्को आज बसेको बैठकले पुनर्निर्माणको कामलाई गति दिन प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नसकेको ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले ज्ञवालीसँग स्पष्टीकरण माग गरेको थियो । कार्यकारी अधिकृत ज्ञवालीले बुधबार सरकारलाई स्पष्टीकरण दिएका थिए ।

तर मन्त्रिपरिषद् बैठकले ज्ञवालीको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।