
शुक्रबार रिपोर्टर्स क्लब नेपालले पार्टी कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने स्पष्ट पारे ।
विधेयक ल्याएको एक महिना बितिसक्दा पनि आफूहरुले पटक–पटक गरेको आग्रहका बाबजुद एक पटक पनि आफ्नो पार्टीसँग छलफल नगरिएको उनको गुनासो छ ।
आफूहरुसँग छलफल नगरी ल्याइएको विधेयकको समर्थन गर्न आफूहरुलाई कुनै नैतिक र राजनीतिक बन्धन नरहने पनि उनले प्रष्ट पारे ।
विधेयकका केही दफाहरु राष्ट्रिय हित अनुकुल नरहेको हुँदा हाललाई यथास्थितिमा नयाँ शिराबाट समझदारी कायम गरेरमात्र अघि बढ्न सरकारलाई थापाले आग्रह गरे ।
उनले स्थानीय निकाय पुनर्संरचना आयोगले प्रतिवेदन तयार पारिसकेपछि पनि त्यसलाई बुझ्न सरकारले आनाकानी गर्नु घोर आपत्तिजनक रहेको बताउदै प्रतिवेदन बुझ्न र स्थानीय तहको निर्वाचनमा जान सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्