३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


३३ किलो सुनको मालिक अझै पत्ता लागेनन्, पक्राउ पर्ने भरिया मात्र


0
Shares

सुन बरामद भएको दुई दिन वितिसक्दा पनि प्रहरीले सुनका मालिकको खोजीमै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बिशेष सुराकीको आधारमा सुन बरामद गरेपनि सुनको मालिक अझै पत्ता लगाउन नसकिएको ब्यूरोकी एसपी मीरा चौधरीले स्वीकारेका छन् ।

एयर अरेवियाको बिमानबाट दुवई हुँदै काठमाडौंमा बुधबार ल्याइएको सुन बिहीबार प्रहरीले बरामद गरेको थियो । सुनसँगै पक्राउ परेका तीन जनाले आफूहरु भरियामात्र भएको बयान दिएका छन् ।
-नेपाल समाचारपत्र दैनिकबाट