१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेश नम्बर २ को माटो परीक्षण घुम्ती प्रयोगशाला बस प्रयोगविहीन


0
Shares

सप्तरी । सप्तरीमा उन्नत जातका कृषि उपजहरु उत्पादन गर्न प्रदान गरिएको माटो परीक्षण घुम्ती प्रयोगशाला बस प्रयोगविहीन भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रदेश २ मा उन्नत जातका कृषि उपज उत्पादन गर्न प्रदान गरिएको माटो परीक्षण घुम्ती प्रयोगशाला बस प्रयोगविहीन भएको हो ।

आठवटै जिल्लाका कृषकलाई व्यावसायिक र उन्नत जातका कृषि उत्पादन गर्न दुई महिनाअघि नै उद्घाटन गरिएको प्रयोगशाला बस प्रयोगविहीन भएको हो ।

माटो परीक्षण गरी जग्गा अनुकूल खेती गर्न प्रदेश सरकारले सञ्चालनमा ल्याएको माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय राजविराजलाई बस प्रदान गरिएको हो ।

तर माटो परीक्षण गर्नुपर्ने विषयमा कृषकहरुमा प्रचारप्रसारको कमी र स्थानीय सरकारलेसमेत वेवास्ता गर्दा बस प्रयोगविहीन बन्न पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयले हालसम्म एक स्थानमा मात्रै माटो परीक्षण गर्न सकेको कार्यालयका प्रमुख सुनीलकुमार सिंहले जानकारी दिए ।

प्रदेशभरिका कृषि ज्ञान केन्द्र तथा स्थानीय सरकारलाई पत्राचार गरे पनि उनीहरुको ध्यान पुग्न नसक्दा बसलाई थन्काएर राख्नु परेको कार्यालयले जनाएको छ ।