२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न उठ्यो’


0
Shares

संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए भनेर नै नियुक्ति गरिएको तर यतिका समयपछि आएर अयोग्य घोषित भएको बताए ।

सर्वोच्चले अयोग्य ठहर्‍याएसँगै उनलाई नियुक्त गर्ने नेताहरुमाथि प्रश्न उठाउँदा सचिव र मुख्यसचिव बनाउनेप्रति प्रश्न उठाउनुपर्ने बताए ।

एमालेको प्रमुख सचेतक भानुभक्त ढकालले उनको नियुक्ति बेठिक भन्दाभन्दै पनि गर्नुपर्ने बाध्यता आइपरेको प्रतिक्रिया दिए । उनको नियुक्ति बेठिक भएको भनि पार्टीहरुभित्र प्रश्न उठेको उनले बताए ।

उनी अयोग्य भएर नै संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको दाबी उनले गरे ।

माओवादी केन्द्रका प्रमुख सचेत टेकबहादुर बस्नेतले भने यो विषय संसदमा पनि विचाराधीन रहेको बताए । कार्कीको नियुक्तिमा पहिलादेखि नै प्रश्न उठेकाले महाभियोग प्रस्ताव संसदमा पुगेको भन्दै उनले यस विषयमा थप छलफलपछि मात्र प्रतिक्रिया दिन सकिने जनाए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने यस्ता सबै नियुक्तिमा निर्णय गर्ने नेताहरुको नैतिकतामा प्रश्न उठेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट