
कुहू र बाबियाचौर गाविसका ११ वटा सामुदायिक वनको ४ सय ८३ हेक्टर अतिक्रमित जग्गा सामुदायिक वनकै स्वामित्वमा ल्याएर अतिक्रमणमुक्त घोषणा गरिएको हो ।
सामुदायिक वनलाई अतिक्रमणमुक्त घोषणा गरिएको मुलुकमै पहिलो पटक हो । बाबियाचौर इलाका वन कार्यालय र जिल्ला वन कार्यालयको समन्वय तथा सामुदायिक वन उपभोक्ता समूह बाबियाचौर र कुहुँ गाविसका उपभोक्ता समितिले आफ्नै प्रयासमा कार्यक्रम गरी अतिक्रमणमुक्त गाविस घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्