
संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद सन्चालनमा अवरोध नगरेको बताइएको छ ।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ दलको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।
सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ ।
गत मंसिर १४ गतेयता विपक्षीले सदन सन्चालनमा अवरोध गर्दै आएका थिए ।
विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राख्दैछन् । रासस
प्रतिक्रिया दिनुहोस्