१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


अबको निर्वाचनबाट एमालेको सरकार बन्छ : ओली


0
Shares

झापाको दमकमा निर्मित आकासेपुलको मंगलबार उद्घाटन गर्दै उनले तराई र पहाड टुक्र्याउने तथा जाति, भाषा र विभिन्न धर्मावलम्बीबीच अखन्ड ल्याउने कुनैपनि निर्णय स्वीकार गर्न नसकिने बताए ।

उनले सरकारले लुकिछिपी संसदमा संविधान संशोधन विधेयक दर्ता गरे पनि त्यो पारित हुन नसक्ने ठोकुवा गर्दै भने–‘देशको अहित हुने विषयमा एमाले सहमत हुन सक्दैन ।’

हालको प्रदेश टुक्र्याएर हिमाल, पहाड र तराईको आत्मीयता भड्काउ गर्ने कसैको कुचेस्टा भए त्यस्तो सपना कसैले नदेख्न उनले सुझाव दिँदै भने–‘हिमालदेखि तराईसम्मको भू–भाग टुक्र्याउने कुनैपनि बहाना हामीलाई स्वीकार्य छैन ।’

संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले अबको निर्वाचनबाट एमालेको सरकार बन्ने दाबी गरे ।

विकासमा कसैले सौदाबाजी गर्न नहुने भन्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले ल्याएको विकास–निर्माण योजनाले गति लिँदै गएको विचार राखे ।

सो अवसरमा पूर्वकानुनमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल, सांसद महेन्द्रकुमारी सुब्बा, झापाका स्थानीय विकास अधिकारी खेमराज ओझालगायतले आकासेपुलको महत्वको विषयमा बोलेका थिए ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालकाअनुसार दमकको मुख्यचोकमा निर्मित सो फलामेपुलको कुल लागत रु एक करोड १४ लाख ४१ हजार ८६३ रहेको छ ।

जसमा नगरपालिकाको रु ४० लाख ४८ हजार ८६३ र नेपाल सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ७३ लाख दुई हजार ५६२ रहेको छ । रासस