२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


श्रीमानको शव कुर्दा कुर्दै श्रीमतीको मृत्यु


0
Shares

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो ।

दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासी बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने घर्तीले बताए । प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार शव आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको घर्तीले जानकारी दिए ।

साउदी अरबमा एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । उनको मृत्यु भएको लामो समय भइसक्दासमेत शव नेपाल नआएको बताइएको छ । (रासस)