Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सांसदले सोधे–‘सुनको ठाउँमा विस्फोटक पदार्थ आएको भए के हुन्थ्यो ?’


0
Shares

समितिले गृहमन्त्री विमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, पर्यटनमन्त्री जीवनबहादुर शाही लगायतसँग छलफल गरेको हो ।

समिति बैठकमा बुधबार बोल्दै गृहमन्त्री निधिले ‘सुन तस्करीमा जस्तोसुकै व्यक्ति संलग्न भएपनि नछोड्नू’ भन्ने आदेश आफूले दिएको भन्दै सुन समात्ने प्रहरी टोलीलाई नै सम्पूर्ण छानबिन गरेर दोषी पत्ता लगाउने अधिकार दिएको बताए ।

एअरपोर्टबाट हुने सबै अवैध आयात रोक्न सुरक्षा निकायहरु लागिपर्ने उनको भनाइ थियो ।

यस्तै, अर्थमन्त्री महराले भन्सार विभागका कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने काम भइरहेको भन्दै एअरपोर्टको आयात तथा निर्यातलाई थप व्यवस्थित बनाइने बताए ।

बैठकमा सांसदहरुले भने एअरपोर्ट जस्तो संवेदनशील ठाउँमासमेत सुरक्षा व्यवस्था ध्वस्त भएको भन्दै ‘सुनको ठाउँमा विस्फोटक पदार्थ आएको भए के हुन्थ्यो ?’ भनी प्रश्न गरेका थिए ।