रमेश लम्साल (रासस)
काठमाडौं, चैत १ । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर बिक्री हुने भएको छ ।
सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो ।
सोही कार्यक्रमको पहिलो आयोजनाकारुपमा त्रिशूली जलविद्युत् कम्पनीको साधारण सेयर बिक्री गर्न लागिएको शुक्रबार प्रकाशित विवरणमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्