
रौतहट, चैत १ । रौतहटको एक विद्यालयमा एउटै कोठामा चार वटा कक्षाका विद्यार्थी राखेर अध्यापन गराइँदा विद्यार्थीलाई समस्या भएको छ ।
चन्द्रपुर नगरपालिका–१० पडहरियास्थित जनप्रिय आधारभूत विद्यालयमा एउटै कोठामा चार वटा कक्षाका विद्यार्थी राखेर अध्यापन गराइँदै आएको छ ।
भौतिक पूर्वाधार भए पनि विद्यार्थी संख्या न्यून भएका कारण एउटै कक्षामा २, ३, ४ र ५ कक्षाका विद्यार्थी राखेर अध्यापन गराइने गरेको हो । चार वटा कक्षामा गरी जम्मा १२ जनामात्र विद्यार्थी भएपछि एउटै कोठामा राखेर अध्ययन गराइँदै आएको प्रधानाध्यापक वीरेन्द्रप्रसाद महतोले बताए ।
प्रधानाध्यापकबाहेक यो विद्यालयमा थप तीन जना शिक्षिका छन् । शिक्षिकाहरु राहत कोटाका हुन् । शैक्षिक सत्र सुरु हुँदा विद्यालयमा ६४ जना विद्यार्थी भए पनि अहिले विद्यार्थीको संख्या घटेको छ ।
प्रतिक्रिया दिनुहोस्