
आइप्याक परियोजनाको आर्थिक सहयोगमा झेनाम गाविस–७ मा रहेको दुर्गम गाउँ सेउलीबाङमा उक्त पम्प सञ्चालनमा ल्याइएको हो । पम्पले ६ सय ५२ मिटर माथिसम्म पानी लिफ्टिङ गर्नेछ ।
दैनिक १९ हजार लिटर पानी लिफ्टिङ गर्ने पम्पले प्रतिसेकेन्ड शून्य दशमलव २२ लिटर पानी तान्ने क्षमता राख्दछ ।
पम्प निर्माण भइसकेपछि सञ्चालन गर्न कुनै किसिमको इन्धन र बिजुली बत्ती आवश्यक नपर्ने आईप्याक परियोजनाले जनाएको छ । नेपालमै पहिलो पटक यो पम्प निर्माण गरिएकोे परियोजनाको भनाइ छ ।
र्याम पम्प २२ लाख ७ हजार ५ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्