
जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको हाइड्रोपावर निर्माण भएसँगै खोटाङ जिल्ला सधैंका लागि उज्यालो बनेको हो ।
गत मंसिर १८ गतेबाट परीक्षण प्रसारण सुरु गरिएको जिल्लाबाट उत्पादन गरिएको मेवाखोला हाइड्रोपावरको शुक्रबार पूर्वउपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले उद्घाटन गरेपछि खोटाङ लोडसेडिङमुक्त जिल्ला घोषणा भएको हो ।
दिक्तेल नगरपालिका–१० स्थित मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरमा समुदायको ३५ प्रतिशत तथा सानिमा बैंक र बैंक अफ काठमान्डुको ६५ प्रतिशत गरी कुल २२ करोड रुपैयाँको लागतमा हाइड्रोपावर सन्चालनमा ल्याइएको उक्त हाइड्रोपावर निमार्णको जिम्मा लिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीले जनाएको छ ।
जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्यकासाथ २०७१ सालदेखि हाइड्रोपावरको काम सुरु गरिएको थियो ।
मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको विद्युत् प्रसारणलाइनको सवस्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
वि.सं. २०७२ साल असोजमा बत्ती बाल्ने भनिएपनि लगातार दुईपटक आएको बाढी र भूकम्प कारण हाइड्रोपावर वर्षदिनपछि सन्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताए ।
प्रतिक्रिया दिनुहोस्