काठमाडौं, फागुन ३० । बुधबार दोहोरो अंकले गिरावट आएको सेयरबजारमा बिहीबार सामान्य सुधार आयो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ५ अंकले बढेर ११ सय ५५ कायम भएर थामियो ।
यसदिन कारोबार भएका अधिकांश समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो ।
अनिवार्य प्यानमा नेपाल धितोपत्र बोर्ड केही लचक भइ पाँच लाखसम्मको सेयर कारोबारमा स्थायी लेखा नम्बर लिनु नपर्ने विज्ञप्ति जारी गरेसँगै नेप्से हरियो रहेको हो ।
यसदिन होटल समूहमा सबैभन्दा उच्च ४० अंकको सुधार आयो भने निर्जीवन बिमा र विकास बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन १७१ कम्पनीका १३ लाख ३९ हजार कित्ता सेयर ४८ करोड ५८ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्