काठमाडौं, फागुन ३० । राजस्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ७ महिनासम्ममा १६७ जना व्यक्तिविरुद्ध करछलीको मुद्दा दर्ता गराएको छ ।
विभागले ९ अर्ब ३८ करोड रुपैयाँ बराबरको माग–दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
विभागले राजस्व चुहावटसम्बन्धी ५२ ओटा मुद्दा दर्तामध्ये ८ जना सरकारी कर्मचारी र ३४ ओटा विदेशी मुद्रा कारोबार व्यवसायी रहेको जनाएको छ ।
राजस्व छली एकल स्वामित्व र एकल व्यवस्थापन भएका कम्पनीले बढी गर्ने गरेकाले त्यस्ता कम्पनीहरुमा विभागले निगरानी बढाएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।
पछिल्लो समयमा राजस्व चुहावटमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याएकाले राजस्व चुहावटमा सुधार आएको पनि उनको दाबी छ ।
धेरै नाफा गर्ने एवं कर नतिर्ने कम्पनीलाई विशेष निगरानीमा राख्दै आएको विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्