२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बेत्रावतीमा १० हल गोरु जुधाइयो


0
Shares

प्रत्येक वर्ष माघे संक्रान्तिका दिन लाग्ने मेलामा यो वर्ष २० जना कृषकका १० हल गोरु जुधाइएको गोसाइँकुन्ड युवा क्लबले जनाएको छ ।

नेपाल र चीनबीच वि.सं. १८४९ साल असोज १७ गते भएको बेत्रावती सन्धिको खुसियाली तथा ग्रामीण पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले यहाँ गोरुजुधाइ मेला लाग्ने गरेको हो ।

विगतमा परम्परामामात्र सीमित रहेको यो मेला १८ वर्षयता स्थानीयले बलिया गोरु छानेर जुधाउँदै रमाइलो गर्ने गर्दछन् ।

गोरुले प्रतियोगिता जिते गाउँमा आफ्नो शान नै बेग्लै हुने भएकाले पनि जिल्लाका किसानहरुले गोरुपालनमा विशेष ध्यान पुर्‍याउने गरेका छन् ।

गोरुजुधाइ हेर्न नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर तथा रसुवा जिल्लाबाट सयौं मानिस पुगेका थिए ।