१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


शनिबार काठमाडौंमा न्यूनतम् तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने


0
Shares

                                                                                      फाइल फोटो
एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ ।

न्यूनतम् तापक्रम घटेकाले शनिबार यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार काठमाडौंको न्यूनतम् तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ भने अधिकतम् तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ ।

अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम् तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

‘विन्टर सिजन’कैक्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिए । सामान्यतः मंसिर, पुस र माघलाई विन्टर सिजन मानिन्छ ।

न्यूनतम् तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए ।

उनकाअनुसार पश्चिमी वायुको असरका कारण शनिबार साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक/दुई स्थानमा हल्का वर्षात् हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट वर्षात् हुनेछ ।

तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ । रासस