२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पाल्पामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २० जना घाइते


0
Shares

मृतकमध्ये रामपुर मटेरीका लालसिंह थापाको मात्र सनाखत भएको छ । अर्का एक पुरुषको भने सनाखत हुन सकेको छैन । उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बसमा रहेका २४ मध्ये २० घाइतेको प्रभासमा उपचार भइरहेको छ । बुटवलबाट रामपुरतर्फ जाँदै गएको बस गएराति पौने ११ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।