२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शेयर बजार ऋणात्मक, कारोबार झन् खुम्चिदैं


0
Shares

शेयर कारोबार झनै खुम्चियो । वाणिज्य बैंक नगन्य अंकले सकारात्मक रह्यो भने अरु सबै समूह ऋणात्मक रहे । बीमा समूह सबैभन्दा उच्च ४४ अंकले झर्‍यो ।

जलविद्युत समूह १७ अंकले ओरालो लाग्यो । होटल समूहमा ११ अंकको कमी आयो । विकास बैंक, अन्य र वित्त समूह भने सामान्य अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २२ कम्पनीको ४ लाख ८८ हजार कित्ता शेयर २७ करोड ५३ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।