
शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले कार्यालयको उद्घाटन गरेका हुन् ।
सरकारले सुरु गरेको जनता आवास कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा चालु आर्थिक बर्षमा अति विपन्न तथा सीमान्तकृत परिवारका आठ सय परिवारका भवन निर्माण कार्य सञ्चालनका लागि सो कार्यालय स्थापना गरिएको हो ।
प्रत्येक परिवारलाई एउटा घर निर्माणका लागि दुई लाख २५ हजार रकम प्रदान गरिने यो कार्यक्रम मोरङका २७ वटा गाविसमा लागू हुनेछ ।
चालु आर्थिक बर्षमा विपन्न गरीब, लोपोन्मुख र दलित परिवारका लागि मुलुकभर २० हजार घर निर्माण गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्