
साथै यसबाट मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न सहयोग पुग्ने पनि विश्वास गरिएको छ । विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौतालाई विश्व व्यापार संगठन स्थापना गर्ने सम्झौताको अनुसूचीमा समावेश गर्ने विषयको प्रस्तावलाई संसदले अनुमोदन गरेसँगै यसले सकारात्मक प्रभाव पर्ने वाणिज्य मन्त्रालयले जनाएको हो ।
व्यवस्थापिका संसद्को शुक्रबार बसेको बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो । लामो प्रयासपछि सन् २०१३ को डिसेम्बरमा इन्डोनेशियाको बालीमा सम्पन्न विश्व व्यापार संगठनको नवौं मन्त्रिस्तरीय सम्मेलनबाट उक्त सम्झौता पारित भएको थियो ।
उक्त संगठनका दुई तिहाइ सदस्यहरूबाट अनुमोदन भएपश्चात् कार्यान्वयनमा आउने यो सम्झौता हालसम्म विश्व व्यापार संगठनका कुल १६४ सदस्य राष्ट्रहरुमध्ये १०६ सदस्यहरुले अनुमोदन गरिसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्