Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


होली पर्व विधिवत रुपमा सुरु, बसन्तपुरमा चिर ठड्याइयो


0
Shares

काठमाडौं । साँस्कृतिक एवं परम्परागत पर्व होली विधिवत रुपमा सुरु भएको छ ।

यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार तथा तराईका जिल्लाहरुमा चैत्र ७ विहिवार होली पर्व मनाइदैँ छ ।

काठमाडौंको बसन्तपुरमा चिर ठड्याइएसँगै उपत्यकामा यस वर्षको फागु अर्थात होली सुरु भएको हो ।

केन्द्रीय मानन्धर संघले काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा बुधबार विहान ११ बजेर ५५ मिनेटको साइतमा विभिन्न रंगका रंगीचंगी कपडा झुण्डाईएका तीन तले चीर गाडेको हो ।

धालासिक्व मानन्धर सनाःगु खलः गुठीका मानन्धरहरुले चीर गाड्नुपर्ने परम्परा मल्लकालीन राजा गुणकामदेवको पालादेखि सुरु भएको मानिन्छ ।

होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक बर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

यस पर्वलाई आपसी कटुताको अन्त्य र सद्भावबृद्धीको पर्वको रुपमा पनि लिने गरिन्छ ।

बसन्तपुरमा विधिवत रुपमा गाडिएको चीर ढालेपछि होली पर्व सकिएको मान्ने परम्परा छ ।