१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निर्माण कार्यमा ठेकेदारको मनोमानी, गुणस्तरहीन सामाग्री प्रयोग


0
Shares

रोशन कन्स्ट्रक्स प्रालि धनुषाधामले २ करोड ३० लाख ८० हजार रुपैयाँको लागतमा निर्माण गरिरहेको नगरपालिकाको भवनमा गुणस्तरहीन सामाग्रीको प्रयोग भएको आरोप स्थानीयले लगाएका छन् ।

२०७४ साल चैत मसान्तसम्म दुईतले भवन निर्माणको काम पूरा गर्ने लक्ष्यसहित काम भइरहेको छ । शिलान्यास भएको एक वर्षपछि निर्माण हुन लागेको भवनमा प्रयोग गरिएका बालुवा, इँटा र फलामका रडसमेत गुणस्तरहीन भएको स्थानीय गणेश चौलागाईंले बताए ।