Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


प्रसिद्ध बिस्केट जात्रालाई मर्यादित बनाउन तयारी सुरु


0
Shares

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित बनाउन एक महिना अघिदेखि नै सरोकारवाला निकायले तयारी थालेको छ ।

जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।

चैत २७ गतेवाट सुरु हुने विस्केट जात्रालाई शान्तिपूर्ण बनाउन भक्तपुर नगरपालिकामा आयोजित कार्यक्रममा सरोकारवाला निकायहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाउने जनाएको छ ।

त्यसैगरी गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बन्धीत संस्थाहरुले पनि जात्रालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी गर्ने जनाएका छन् । 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले जात्रा सञ्चालन हुने क्षेत्रहरुमा आ–आफ्ना तार तथा लठ्ठाहरु व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।