फाइल फोटो
जिल्ला प्रशासन कार्यालय, पर्सामा सोमबार कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री निधिले संविधान संशोधन प्रक्रिया अगाडि बढिसकेकाले जुनसुकैबेला स्थानीय निकाय निर्वाचनका घोषणा हुनसक्ने विश्वास व्यक्त गरे ।
आर्थिक कारोबारका लागि वीरगन्ज राष्ट्रियस्तरमा महत्वपूर्ण भएकाले यहाँ भइरहेका विकासका कामलाई दु्रतगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री निधिले पुँजीगत खर्च भएन भन्ने विषय बारम्बार मन्त्रिपरिषदको बैठकमा उठ्ने गरेकाले पुँजीगत खर्चमा वृद्धि गरी राजस्व वृद्धिमा ध्यान दिनुपर्ने बताए ।
उनले एउटै प्रज्ञापनपत्रमा व्यापारीहरुले पटक–पटक सामान आयात गर्ने गरेकाले सम्बन्धित निकायले यस्तो कार्यलाई रोक्नुपर्ने बताए ।
यसअघि, मन्त्री निधिले मध्यमाञ्चलका सुरक्षा निकायका प्रमुखहरुसँग सुरक्षास्थितिबारे जानकारी दिँदै ‘सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्नुपर्छ’ भनी निर्देशन दिएका थिए ।
यसैगरी, मन्त्री निधिले नेपाली कांग्रेस, पर्साका कार्यकर्तालाई सम्बोधन गर्दै संविधान संशोधन प्रक्रिया अगाडि बढिरहेकाबेला नेकपा एमालेले मधेसमा भ्रम सिर्जना गरिरहेकाले यसप्रति सजग रहन सबैसँग आग्रह गरे । रासस









प्रतिक्रिया दिनुहोस्