झापा । झापामा रहेको कन्काई सिंचाइ आयोजनालाई व्यवस्थित बनाउन जापानले प्राविधिक सहयोग गर्ने भएको छ ।
उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका) र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको सिंचाइ विभागबीच प्राविधिक सहयोगका विषयमा सम्झौता भएको हो ।
जापानको प्राविधिक टोलीले आगामी अप्रिलदेखि कनकाई सिंचाइ प्रणालीलाई प्राविधिक सहयोग गर्ने कन्काई सिँचाइ व्यवस्थापन डिभिजन गैंडेका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
जाइकाले अब कन्काईमा पाँच वर्षसम्म निःशुल्क प्राविधिक सहयोग गर्नेछ ।
जाइकाले यहाँ ब्लक टु ब्लक पानी लैजानका लागि पानी मापन गर्ने संरचना निर्माण, हेडवक्र्स, मूल नहर, शाखा र प्रशाखा निर्माण तथा मर्मत, किसानलाई आधुनिक प्रणाली अन्तर्गत खेती गर्न प्राविधिक सहयोग गर्नेछ ।
जापानले प्राविधिक सहयोग मात्र गर्ने भएकाले भौतिक संरचना निर्माणमा भने नेपाल आँफैले गर्नुपर्ने सिँचाइ प्रमुख यादवले जानकारी दिए ।
५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने प्रणाली देशभर २४ वटा रहेका छन् ।
कनकाई सिंचाइ प्रणालीले ७ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्