
जिल्ला विकास समितिले लोप हुने अवस्थामा पुगेका विभिन्न नृत्य प्रस्तुत गरेर संस्कृति संरक्षणको अभियान सुरु गरेको हो ।
जिविसले स्थानीय सिंगारु नाच, मयुर नाच र भुमे नाचको संरक्षण सुरु गरेको हो ।
जिल्ला परिषद्बाट २०७३ साललाई सांस्कृतिक प्रवद्र्धन वर्ष मनाउन निर्णय भएसँगै अहिले अभियानकै रुपमा जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका हुन् ।
स्थानीय कला संस्कृतिलाई प्रबद्र्धन गर्न र जिल्लाको पर्यटन विकासमा सहयोग पुर्याउन संस्कृति प्रबद्र्धन वर्षको रुपमा मनाइएको जिल्ला विकास समिति रुकुमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्